• १६ भदौ २०८१, आइतबार

दुर्घटनामा चालकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, भदौ १६ गते । कैलालीमा रोकेर राखेको ट्रकमा गए राति मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका –१ स्थित ६ लेन सडकमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका –२ भन्साररोडका २९ वर्षीय कैलाश थापाको ज्यान गएको हो ।दुर्घटनामा घाइते थापाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २५ वर्षीय भूपेश पाल घाइते हुनुभएको छ । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । 

ट्रकसहित चाल बझाङ बित्थडचिर गाउँपालिका –२ का २४ वर्षीय भरत बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।