• १६ भदौ २०८१, आइतबार

अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा

blog

ढलेको रुख सुरक्षाकर्मीले काटेर हटाउँदै ।

शालिग्राम नेपाल

चितवन, भदौ १६ गते । नारायणगढ मुग्लिन सडकको आँपटारीमा रुख ढलेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नंं १ आँपटारीमा बिहान ८ बजेको समयमा रुख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो । ढलेको रुख सुरक्षाकर्मीले काटेर हटाएपछि बिहान १० बजेबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।