• ११ पुस २०८१, बिहिबार

देश : उसको कविता

blog

ऊ दिलो दिमागमा 

हरबखत देश सोचिरहन्छ 

देश बोकिरहन्छ 

देशकै बारे लेख्छ कविता 

देश नै उसको सिङ्गो कविता हो,

कविता नै देश हो । 


देशलाई माया गर्छ ऊ 

पितामातालाई जस्तै 

चिन्तन–मनन गर्छ ऊ देशकै बारे 

जहाँ गए पनि देश लिएर हिँड्छ ऊ 


हृदयमा बुन्छ विकासको योजना 

निर्माण गर्छ देशको सिर्जना 


ऊ देशको एउटा असल पात्र हो

ऊ देशको एउटा कर्मठ सिपाही हो


जहिले पनि देशसँगसँगै हिँड्छ ऊ

सुन्दर विचार बोकेर !