• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय सभा बैठक सुरु

blog

काठमाडौँ, भदौ १३ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसो सवा १ बजेबाट सुरु भएको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने छ ।