• १३ भदौ २०८१, बिहिबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, भदौ १३ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० पेश गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, बैठकमा सांसद सोविता गौतमले “हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरुले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरुले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकाले भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

उक्त प्रस्तावका समर्थक डोलप्रसाद अर्याल, सन्तोष परियार, डा.तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोककुमार चौधरी, सुमना श्रेष्ठ, डा. चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्द्यवासिनी कांसकारले समर्थन गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै, सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी, नेपालबाट वि.सं. २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी रहनुभएका श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा साउन २१ गते भएको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुहुने कार्यसूचि रहेको छ ।