• १३ भदौ २०८१, बिहिबार

एमाले सचिवालय बैठक बस्दै

blog

काठमाडौँ, भदौ १३ गते । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको वार्षिक कार्य योजना र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रममाथि छलफल गरी सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।