• १६ भदौ २०८१, आइतबार

विगतभन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, भदौ ९ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको ।

उहाँले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरूको समाधान गरिरहेको बताउनुभयो । उहाँले भएका कमी कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर बनाएको भन्दै रकारले सात बुँदे समझदारीअनुसार सुशासन लगायतमा काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका आपूर्ति प्रणालीमा देखिएका कमी कमजोरीहरू छन्, यसमा प्रस्ट पारेपछि सरकारले आफ्ना कामहरू कार्यान्वयन गराउन बाटो दिन्छ । यो वर्तमान सरकार काँग्रेस र एमाले मिलेर बनेको सरकारले सात बुँदे समझदारीअनुसार सुशासन दिनेदेखि हरेक कुरामा यो भन्दा अगाडिको भन्दा वेटर गर्न, सुधार गर्नका लागि हामीले अहिले काम अघि बढाउँदै छौँ ।’’

उपप्रधानमन्त्री सिंहले विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको बताउनुभयो ।