• ९ भदौ २०८१, आइतबार

गुडिरहेको मोटरसाइकलमा ढुङ्गा लाग्दा चालक घाइते

blog

फाइल तस्विर

शालिग्राम नेपाल 

चितवन, भदौ ९ गते । चितवनको नारायणगढ मुग्लिङ सडक खण्डको खोर खोलामा गुडिरहेको मोटरसाइकलमा ढुङ्गा खस्दा एक जना घाइते हुनुभएको छ । 

नारायणगढबाट काठमाडौंतर्फ आइतबार जाँदै गरेको बा. प्र. ०३–००४ प २७०२ नम्बरको मोटरसाइकल गुडिरहेको अवस्थामा बिहान ८ बजे ढुङ्गा खसेर चालकलाई लागेको थियो ।

पहाडबाट खसेको ढुङगा लागेर रत्ननगर न.पा २ टाडीचोक बस्ने २८ वर्षीय आंशिक मिया घाइते भएको जिल्ला प्रहरीका कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । 

ढुङ्गा लागेपछि मियाँको हातमा चोट लागेको छ भने मोटरसाइकलमा ठुलो क्षति भएको प्रहरीले जानकारी दिएको छ । भदौ महिना लागेपछि योसहित मुग्लिन नारायणगढ सडक खण्डमा ढुङ्गा लागेर चार वटा सवारी साधनमा क्षति भएको छ ।