• २९ वैशाख २०८२, सोमबार

टिम वाल्जद्वारा उपराष्ट्रपति पद स्वीकार

blog

न्यूयोर्क, भदौ ७ गते । युएस मिनेसोटाका गभर्नर टिम वाल्जले इलिनोइसको युनाइटेड सेन्टरमा आयोजित डेमोक्रयाटिक नेशनल कन्भेन्सनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवारीलाई आधिकारिक रूपमा स्वीकार गर्नुभएको छ । 

संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिको मनोनयन स्वीकार गर्न पाउनु आफ्नो जीवनको सम्मान भएको उहाँले बताउनुभयो । वाल्जले अगस्ट १९ देखि अगस्ट २२ सम्म तय भएको पार्टीको राष्ट्रिय अधिवेशनको तेस्रो दिनको भाषणमा यस्तो बताउनुभयो ।  

पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पूर्वसभामुख न्यान्सी पेलोसी र सदन अल्पसङ्ख्यक नेता हाकिम जेफ्रिजले प्राइम टाइम भाषण दिनुभयो । सिन्ह्वा