• २ भदौ २०८१, आइतबार

‘पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटे १११५ मा फोन गरौँ’

blog

काठमाडौँ, भदौ २ गते । सरकारले समुदायमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको छ ।

इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सूचना निकाल्दै समुदायको एउटै वडा वा टोल वा बस्तीमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको हो ।

गर्मी तथा वर्षयाममा झाडापखाला, हैजाका बिरामी बढेकाले महाशाखाले सेवा प्रदान गर्ने (निजी तथा सरकारी) स्वास्थ्य संस्थाहरूलाई यस्तो आग्रह गरेको हो । महाशाखाका अनुसार ललितपुरमा ४१ ,काठमाडौँमा चार, कैलालीमा आठ र प्युठानमा दुई जना गरी ५५ जनामा हैजा पुष्टि भएको छ ।

महाशाखाले गर्मी तथा वर्षयामसँगै फैलने झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोगहरूबाट बच्न शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ ।