• १ भदौ २०८१, शनिबार

मध्यपूर्वमा युद्धविराम सम्झौता नजिक : बाइडेन

blog

वासिङ्टन, भदौ १ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा युद्धविराम सम्झौता पहिलेको भन्दा नजिक रहेको बताउनुभएको छ । गाजा युद्धविराम सम्झौता भएको छ कि छैन भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ह्वाइट हाउसको ओभल अफिसमा आयोजित एक कार्यक्रममा बाइडेनले आफूहरु पहिले भन्दा धेरै नजिक रहेको बताउनुभयो । 

राष्ट्रपतिले स्प्रिंगफील्ड १९०८ रेस दंगा राष्ट्रिय स्मारक नामकरण गर्ने घोषणामा हस्ताक्षर गर्न ढिलो हुनुको कारण मध्यपूर्वमा युद्धविरामको प्रयास रहेको बताउनुभयो । 

संयुक्त राज्य अमेरिका, इजिप्ट र कतारले शुक्रवार जारी गरेको संयुक्त विज्ञप्तिमा दोहामा विगत ४८ घण्टामा सरकारका वरिष्ठ अधिकारीहरूले युद्धविराम र बन्धकहरूको रिहाइको लागि सम्झौता निष्कर्षमा पुग्न मध्यस्थकर्ताको रूपमा गहन वार्तामा संलग्न रहेको बताइएको छ । 

राज्य विभागका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शनिवार इजरायलको यात्रा गर्ने बताउनुभयो ।