• ३२ साउन २०८१, शुक्रबार

सकारात्मक सोचबाट प्राप्त उपलब्धिलाई जोगाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

blog

काठमाडौँ, साउन ३२ गते । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औँ ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन समारोहमा बाल्नुहुँदै मन्त्री सिंहले यस्तो बताउनुभएका हो ।

उहाँले व्यवस्थाप्रति नकारात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताउँदै अब कुरा भन्दा काम गर्नुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै, अर्को सन्दर्भमा उहाँले नेपालमा पढ्ने विद्यार्थीहरूको सङ्ख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको भन्दै नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरू नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने पनि उहाँले बताउनुभयो । 

‘‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदानप्रदान गर्नसक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन्,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।