• ३२ साउन २०८१, शुक्रबार

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री वर्माबिच भेट

blog

परराष्ट्र मन्त्री डा.आरजु राणासँग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर.वर्मा शिष्टाचार भेट गर्नुहुँदै ।

काठमाडौँ, साउन ३२ गते । परराष्ट्र मन्त्री डा. आरजु राणासँग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर.वर्माले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

शुक्रबार अपराह्न परराष्ट्र मन्त्री राणासँग अमेरिकी उप-विदेशमन्त्री रिचार्डले भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उप-विदेशमन्त्री रिचार्ड आजै नेपाल भ्रमणमा आउनुभएको हो ।

भेटमा परराष्ट्र मन्त्री राणा र उपविदेश मन्त्री वर्माबिच नेपाल-अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

यस्तै, नेपाल भ्रमणको क्रममा उप-विदेशमन्त्री रिचार्डले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।