• ३२ साउन २०८१, शुक्रबार

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

blog

काठमाडौँ,  साउन ३२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गर्नुभएको छ ।

मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गएराति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको सो पार्टीका प्रवक्ता मोहनकुमारले बताउनुभयो ।

अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की  हुनुहुन्छ । उहाँ भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ ।  रासस