• १० मंसिर २०८१, सोमबार

विश्वासको मतमा अनुपस्थित प्रदेश सभा सदस्यको खोजी

blog

फाइल तस्बिर

प्रकाशविक्रम शाह

धनगढी, साउन ३० गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यक्रममा सात जना प्रदेश सभा सदस्य अनुपस्थित भएका छन्।

अनुपस्थित हुनेमा नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट, रमेश धामी, झपटबहादुर साउद, जानकी कुँवर पौडेल, शिवसिंह ओली हुनुहुन्छ। राप्रपाका खेमादेवी विष्ट पनि बुधबारको विश्वासको मत लिने कार्यक्रममा अनुपस्थित रहनुभयो। 

उहाँहरू अनुपस्थित हुनाको कारण भने प्रदेश सभालाई जानकारी छैन प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो।

 ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ अर्थात् ३६ मत पाउनु भएको थियो। 

विश्वासको मतको विपक्षमा माओवादीका १०, नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपाका एक गरेर १५ मत खस्नु पर्नेमा आठ मत मात्र खसेको थियो। 

माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले ह्विप लगाइएको थिएन त्यसैले केही साथीहरू किन अनुपस्थित रहे भन्ने बारे खोजी नगरिएको बताउनुभयो।