• १६ भदौ २०८१, आइतबार

खुल्यो पृथ्वी राजमार्ग

blog

शालिग्राम नेपाल
चितवन, साउन ३० गते ।
पहिरोका कारण अवरुद्ध मुग्लिन मलेखु सडकखण्ड तीन घण्टापछि सञ्चालनमा आएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा बुधबार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरोले पारेको अवरोधलाई पन्छाएपछि बिहान १० बजेबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।