• ११ असोज २०८१, शुक्रबार

रास्वपाद्वारा संसद् अवरोध

blog

काठमाडौँ, साउन २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसद् अवरोध गरेका छ । मङ्गलबार बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपाले संसद् अवरोध गरेका हुन् ।

सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गर्नुभएको थियो । तर उहाँले अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोक्नुभएको थियो ।

त्यसपछि रास्वपा सांसद उठेर अवरोध गरेका हुन् । उनीहरूले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै संसद् अवरोध गरेका हुन् ।