• २७ साउन २०८१, आइतबार

चट्याङ लागेर दश जना घाइते

blog

अविनाश चौधरी

धनगढी, साउन २७ गते । कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडा बस्ने भीमबहादुर चौधरीको घरमा अमट्टाको रुखमुनि टेन्ट हालेर खाना पकाइरहेकाहरु घाइते भएका हुन ।

रुखमा चट्टयाङ परेपछि ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रीतादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कलापती चौधरी, ३२ वर्षीया किरन चौधरी घाइते भएका छन् । यस्तै, ३८ वर्षीया उर्मिला डंगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फूलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र ३० वर्षीया ममता थारु पनि घाइते भएका छन् । 

घाइतेहरुको बौनियास्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका गणेशनाथले जानकारी दिनुभयो । 

चौधरीको घरमा मानिसको मृत्यु भइ १३ दिने पुण्यतिथिमा स्थानीयबासी खाना पकाउनका लागि जम्मा भएका थिए ।