• १६ साउन २०८१, बुधबार

‘गणेशमानले प्रधानमन्त्री अस्वीकार गर्दा काठमाडौं पछि पर्‍यो’

blog

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं, साउन १५ गते । नेपाली कांग्रेसका नेता  कृष्णप्रसाद सिटौलाले कांग्रेस–एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नु भएको छ । परिवर्तन अभियान नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले  कांग्रेस–एमालेको नयाँ समीकरणले मुलुकलाई स्थायित्व दिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह पनि गर्नुभयो । 

यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्णसबुज बानियाँले काठमाडौं राजनीतिको क्रीडास्थल भएको टिप्पणी गर्दै गणेशमान सिंहले हातमा आएको प्रधानमन्त्री पद स्वीकार नगरेपछि काठमाडौं पछि परेकाे दाबी गर्नुभयो । 


परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले अहिलेको युवाहरु दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमलाई कांग्रेस नेत्री सिर्जना सिंह, तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी, काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्षसमेत रहेका नेता ख्यामप्रसाद तिवारी, नेता सबिन तामाङलगायतले देशको विकास र स्थायित्वमा जोड दिनुभयो ।  

कार्यक्रममा कलाकार सुगम पोख्रेल , प्रकास कट्बालले  सांगीतिक प्रस्तुति दिनुभएको थियो । साथै सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरु केपि खनाल, अर्मित तिबारी, यादब खनाल, अनुप रोसन स्थापितलाई सम्मान गरिएको थियो ।