• १५ साउन २०८१, मङ्गलबार

भ्रष्टाचारको मुद्दा सर्वोच्चमा पुनरावेदन

blog

फाइल तस्बिर

काठमाडौँ, साउन १५ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी सहायक निरीक्षक दिलीप कार्कीविरुद्धको रकम हिनामिना एवम् हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा पुनरावेदन भएको छ। कार्की पेट्रोल पम्पमा पदीय हिसाबले कार्यरत रहँदा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी एक करोड तीन लाख ९७ हजार ९३७ रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ।

तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतम, भरतबहादुर बानियाँ, सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र राजीव थापा भन्ने कृष्णहरि थापाविरुद्ध कृषि विकास बैङ्क लिमिटेडको रकम अनियमित तवरले निकाली गरेको भ्रष्टाचार सम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ।

यसैगरी रामजी जोशीविरुद्ध सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दा मंगलबार सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ।