• १२ साउन २०८१, शनिबार

‘स्टार्टअप’ मा उठाउनुपर्ने जोखिम

blog

अन्तर्राष्ट्रिय बजारमा जे कुरा अहिले अभ्यास भइरहेको छ, त्यसको अध्ययन गरेर लागु गर्न सकेमा नेपालका लागि स्टार्टअप नै देश विकास तथा रोजगारी सिर्जनाका लागि कोसेढुङ्गा साबित हुने छ । अबको समय भनेको स्टार्टअपकै हो । 

प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतको रूपमा सेवा गर्ने अवसर पाएको पनि एक वर्ष र केही महिना पूरा भएको छ । गत वर्ष असार महिनामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दाको समयमा राजदूतको जिम्मेवारीमा रहेर सम्झनलायक केही गर्ने लक्ष्य लिएको थिएँ । म हरेक दिन दैनिक प्रव्रिmयाको सुरुवातमा स्थानीय पत्रिका पढ्ने गरेको छु । एक दिन पत्रिका पढ्ने सिलसिलामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा पाँच वर्ष रोजगारी गरेर नेपालमा आफ्नो गृहनगर गुल्मी फर्किएका पाल्पा र गुल्मीको सीमा नजिकै गौरव डेरी तथा प्रशोधन कम्पनी स्थापना गरेका रविलाल पन्थको बारेमा प्रकाशित लेख पढेर धेरै खुसी लाग्यो । त्यति बेला म नेपाल आएको दुई हप्ता मात्र भएको थियो । 

नेपालका लागि कोरियाली राजदूतको भूमिकामा रहेर दुई देशबिचको सहकार्य विस्तारका क्षेत्रको बारेमा सोच्दै थिएँ । त्यो लेख पढेपश्चात् विदेशमा काम गरेको अनुभव भएका व्यक्तिले आफूले सिकेको सिप तथा पुँजी सदुपयोग गरेर स्वदेशमै व्यवसाय सुरु गरेका व्यवसायीको सफलताका कथा खोज्ने तथा उक्त माध्यमबाट नेपालमा रोजगारी सिर्जनाका लागि प्रेरणादायी भूमिका खेल्ने राजदूतका रूपमा आफ्नो परिचय दिने योजना बनाएँ । ओहोदाको प्रमाणपत्र बुझाउने कार्यव्रmमपश्चात्को चियापान समयमा, मैले राष्ट्रपति महोदयलाई मलाई खुसी दिलाएको लेखको बारेमा परिचय गराएर आफ्नो कार्यकालमा यस्तै व्यावसायिक सफलताका कथाले स्थान पाउने वातावरण सिर्जना गर्न नेपाल सरकारसँग सहकार्य गर्ने सङ्कल्प गरेको याद ताजै छ ।

 नेपालमा उद्यमशीलताका जटिलता

व्यवसाय सुरु गर्नु भनेको एक कठिन निर्णय हो । यद्यपि एउटा भनाइ छ – जीवनमा नो–रिस्क नो–रिवार्ड ! व्यवसाय सुरु गर्नु एक कला हो जसमा विभिन्न स्रोत, पुँजी, अनुभव, जनशक्ति, सुविचार र मार्केटिङ क्षमता पनि चाहिन्छ । जुनसुकै क्षेत्रमा व्यवसाय थालनी गरेका व्यवसायीले तीन वर्षभित्र धेरै व्यक्तिले निराशाको अनुभव गरेका उदाहरण रहने गरेका छन् । त्यसै गरी, सफल व्यवसाय पनि तीन वर्षको अवधि पार गरेपश्चात् गन्तव्य निर्धारण हुने तथा समाजमा आफ्नो प्रस्तुति दिएका हुन्छन् । उद्यमी विकासका लागि समूहमा काम गर्ने क्षमता (टिम वर्क), समन्वय गर्नै भाषाको कला, समस्या समाधान गर्ने क्षमता, नेतृत्वदायी क्षमता, रचनात्मक चिन्तन, उद्देश्यकेन्द्रित झुकाव, व्यावसायिक योजना बनाउने सिप, लगनशीलता तथा धैर्यता, व्यवस्थापन क्षमता, आर्थिक व्यवस्थापन, व्यापारिक सिप, जोखिम उठाउने क्षमता आदिले व्यवसायमा सफलता हासिल गर्न भूमिका खेल्छ भन्ने गरिएको छ । 

व्यवसाय सुरु गर्नु भनेको एक कठिन निर्णय हो । यद्यपि एउटा भनाइ छ– जीवनमा नो–रिस्क नो–रिवार्ड ! व्यवसाय सुरु गर्नु एक कला हो जसमा विभिन्न स्रोत, पुँजी, अनुभव, जनशक्ति, सुविचार र मार्केटिङ क्षमता पनि चाहिन्छ ।

सरकारी नीति–निर्माता तहबाट आफ्नो भिजनमा स्टार्टअपलाई कसरी लिएर जाने र दूरदर्शिता कस्तो राख्ने भन्ने दृष्टिकोण निर्माण नगर्दा नेपालको स्टार्टअपको परिदृश्य प्रस्ट हुँदैन । नेपालमा स्टार्टअपको इतिहास करिब १५ वर्ष पार गरेको देखाउँछ । यसबिचमा नवउद्यमी तथा युवा उद्यमीले नवप्रवर्तनलाई व्यवसायका रूपमा जोगाउँदै सफल उद्यमका रूपमा स्थापित गरेका केही उदाहरण छन् ।

नेपाल सरकारले सन् २०३० सम्म स्टार्टअपका माध्यमबाट एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धान अनुसार सन् २०२७ सम्ममा नेपालको स्टार्टअप बजार ५० करोड डलरको हुने देखाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग मन्त्रालय तथा विभिन्न सरोकारवालालाई समावेश गरेर ‘स्टार्टअप २०–३०’ को भिजन बनाएको बारेमा मलाई जानकारी छ । सो भिजनमा कर छुट, स्टार्टअपलाई सहुलियपूर्ण कर्जा वितरण, स्टार्टअप कोष तथा बोर्ड गठनलगायत विषय समावेश छन् । त्यो नीति कार्यान्वयन भएमा स्टार्टअपलाई विकसित रूप दिन सकिन्छ । 

अन्तर्राष्ट्रिय बजारमा जे कुरा अहिले अभ्यास भइरहेको छ त्यसको अध्ययन गरेर लागु गर्न सकेमा नेपालका लागि स्टार्टअप नै देश विकास तथा रोजगारी सिर्जनाका लागि कोसेढुङ्गा साबित हुने छ । अबको समय भनेको स्टार्टअपकै हो । 

नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई स्टार्टअप नेसन बनाउने र अन्तर्राष्ट्रिय जगत्मा नेपालको परिचय दिने लक्ष्य लिएको छ । त्यसका लागि राष्ट्रिय नीति अन्तर्गत कार्यव्रmम तर्जुमा गर्नु पर्छ । प्रविधिको युगमा आवश्यक जनशक्ति जुनसुकै देशबाट पनि हायर गर्न सकिन्छ । अतः प्रविधिको दायरा फराकिलो भएको छ । नेपालभित्रै गुणस्तरीय उत्पादन आउन थाले भने अहिले आयात भइरहेको वस्तु विस्थापित हुने छन् । नवप्रवर्तनले उत्पादकत्व बढाउनुका साथै आयातलाई प्रतिस्थापन गरी निर्यातसमेत बढाउने छ । नेपालमा व्यवसाय सुरुवाती चरणमा पुँजी व्यवस्थापन, सीमित अवधिका लागि कर छुट, बैङ्कको सहुलियत ब्याजदरमा कर्जा व्यवस्थापनलगायतका पक्ष सरकारी नीतिमा स्पष्ट हुनुपर्ने देखिन्छ । त्यसै गरी सम्भावना भएका व्यवसायको पहिचान गरी प्रोत्साहन गर्ने नीति अवलम्बन हुनु पर्छ ।

उद्यमशीलतालाई प्रोत्साहन 

उद्योग स्थापना गर्न सजिलो छैन, तथापि उद्योगबिना राष्ट्रको अर्थतन्त्र उकास्न सहज हुँदैन । त्यसैले सरकारले स्वदेशी कम्पनी र उद्यमशीलतालाई प्राथमिकता दिनु पर्छ । नेपाल सरकारले हाल ठुलो मात्रामा आयात भइरहेको कृषि जन्य व्यवसाय, सञ्चार प्रविधि (आईटी) व्यवसाय प्रवर्धन गर्ने तर्फ केन्द्रित गरेमा अर्बौं रुपियाँको आयातलाई विस्थापन गर्न सक्ने छ । सूचना प्रविधिको क्षेत्रमा नेपाल सरकारले वार्षिक २० अर्बभन्दा बढीको सेवा खरिद गर्ने गरेको देखिन्छ । नेपाली उद्यमीले सफ्टवेयरमा सेवा दिन सक्छन् भन्ने मेरो बुझाइ छ । नेपाली कम्पनीलाई विश्व बजारसम्म पुग्ने आधार तय गर्न सुरुमा देशभित्रै सेवा गर्ने अवसर दिनु पर्छ । बहुसङ्ख्यक देशले सहज नीतिमार्फत उद्यमशीलतालाई प्रवर्धन गर्ने नीति अवलम्बन गरेका छन् ।

दक्षिण कोरियाले पनि विभिन्न उद्यमशीलता नीति अवलम्बन गर्दै आएको छ । स्टार्टअप नीतिका दुई मुख्य पक्षमध्ये उद्यमशीलताको भावना विकास गर्ने र स्टार्टअप पूर्वाधार विस्तार गर्ने रहेको छ । उद्यमशीलतालाई बढावा दिन, शैक्षिक संस्था वा निजी संस्थाले प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक विद्यालयका विद्यार्थी, कलेजका विद्यार्थी, सामान्य वयस्क र इन्जिनियरलाई उद्यमशीलतासँग सम्बन्धित शैक्षिक अवसर उपलब्ध गराउँदै आएको छ । स्टार्टअप प्रतियोगिता आयोजनामार्फत विजेतालाई आफ्नै व्यवसाय सुरु गर्न आवश्यक सहयोग गर्ने गरेका छन् । स्टार्टअप पूर्वाधार विस्तार गर्न, लगभग २५० स्टार्टअप इन्क्युवेसन सेन्टर निर्धारण गरिएको छ । विश्वविद्यालय वा अन्य अनुसन्धान संस्थालाई नवीनतम व्यवसाय प्रवर्धन गर्ने संस्थाका रूपमा सञ्चालनमा ल्याइएको छ । कोरिया सरकारले व्यापार वा व्यवसाय सुरु गर्ने प्रारम्भिक चरणमा सम्भावना देखिएका व्यवसाय छनोट गरेर सुरुवाती चरण तीन वर्ष स्टार्टअप पुँजीका रूपमा न्यूनतम ब्याजदरमा आवश्यक पुँजी उपलब्ध गराउँदै आएको छ ।

व्यवसाय सुरु गर्नु भनेको एक प्रव्रिmया हो, जसमा उद्यमशीलताको भावना भएको व्यक्तिले निर्णय लिन्छ र जोखिम लिन्छ । यद्यपि विभिन्न स्टार्टअपका लागि सरकारी स्तरको सहयोग पर्याप्त नहुन सक्छ । सरकारी सहयोगले स्टार्टअप प्रव्रिmयाका लागि तयारी गर्न र सफलताको सम्भावना बढाउन तथा जोखिम कम गर्न महìवपूर्ण भूमिका खेल्न सक्छ । 

नेपाल सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा उल्लेख गरे अनुसार आर्थिक वर्षमा सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनुका साथै अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको अवस्था छ । कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनुका साथै सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यव्रmमलाई यसमा आबद्ध गर्ने कार्यव्रmम आउनु सुखद पक्ष हो । प्रदेश र स्थानीय तहलाई पनि उक्त कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने नीतिले नयाँ स्टार्टअपका लागि सकारात्मक भूमिका खेल्ने देखिन्छ ।

उद्यमशीलता प्रवर्धनका लागि कोरियाको सहकार्य 

मैले ओहदाको प्रमाणपत्र पेस गर्ने दिनमा राष्ट्रपति महोदयलाई नेपालमा उद्यमशीलतालाई प्रोत्साहन गर्न सहयोग गर्ने प्रतिबद्धतासहितको परिचय दिएको थिएँ । नेपाललगायत विकासोन्मुख देशले ओडिएमा केन्द्रित विकास साझेदारी परियोजनाका लागि बाह्य सहयोग प्राप्त गर्न आवश्यक भए पनि आफैँले आफ्नो विकास र उत्पादन वृद्धि क्षमता विस्तार गर्न प्रयत्न गर्नु सकारात्मक पक्ष हो । कोरिया र नेपालबिच विकास साझेदारी परियोजना सन्दर्भमा हामीले नेपाललाई विगत १५ वर्षदेखि निरन्तर प्रमुख विकास साझेदार राष्ट्रको सूचीमा समावेश गरेर परियोजना सञ्चालन गर्दै आएका छौँ । 

कोइकाले नेपाली श्रम मन्त्रालय, उद्योग मन्त्रालय तथा स्विस सरकारसँगको सहकार्यमा सन् २०२३ बाट कोरियामा रोजगारको अनुभव लिएर स्वदेश फर्किएका आप्रवासी कामदारको स्थिर बसोबास, उद्यमशीलता विकास परियोजनालाई प्रवर्धन गर्दै आएको छ । 

हाम्रो लक्ष्य प्रवासी श्रमिकले विदेशमा श्रम गर्ने अवधिमा तयारी, वित्तीय शिक्षा, र उद्यमशीलता विकास प्रशिक्षण गर्दै आएका छौँ । विदेश जानुपूर्व, विदेशमा श्रम गर्ने चरण, स्वदेश फिर्ताको चरणसहित प्रत्येक चरणका लागि उद्यमशीलता विकास प्रदान गरी स्टार्टअप नवीनतम व्यवसाय सञ्चालनका बारेमा प्रोत्साहन गरिरहेका छौँ । त्यसै गरी नेपाली वित्तीय संस्थासँगको संयुक्त लगानीबाट स्वदेश फर्केका कामदारलाई कम ब्याजदरमा स्टार्टअप पुँजी उपलब्ध गराउने योजना पनि कार्यान्वयन चरणमा रहेका छौँ । 

कोइकाको सहयोगमा एक प्रसिद्ध कोरियाली पशुपालन कम्पनीले नेपालको गोर्खा जिल्ला पालुङटार क्षेत्रमा बङ्गुर तथा कुखुरा पालनका लागि व्यावसायिक इन्क्युवेसन सेन्टर निर्माण गरेर पशुपालन क्षेत्रमा सिप हस्तान्तरण गरिरहेको छ । उक्त बङ्गुर तथा कुखुरा पालनका लागि स्टार्टअपको रूपमा प्राविधिक ज्ञान हस्तान्तरण र नेपालमा आधुनिक पशुपालन व्यवसाय सञ्चालन गर्न महìवपूर्ण भूमिका खेल्छ भन्ने लागेको छ । त्यसै गरी कोरियाको हान्दोङ युनिभर्सिटीले त्रिभुवन विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ बिजनेससँग सहकार्य गर्दै विगत १० वर्षदेखि सामाजिक उद्यमशीलता प्रवर्धनका साथै स्टार्टअपका लागि कार्यव्रmम सञ्चालन गर्दै आएको छ ।

यस वर्षको जनवरीको अन्त्यमा, हाम्रो दूतावासले कोरियामा रोजगारीको अनुभव भएका र नेपालमा फर्किएर सफलतापूर्वक व्यवसाय गरिरहेका २६ जना व्यवसायीको वास्तविकतामा आधारित सफल व्यावसायिक कथा समावेश गरी ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तक प्रकाशित गरेको छ । हामीले ती स्टार्टअप सफलताका कथाहरूले प्रवासी श्रमिकका लागि विदेश जानुपूर्व तथा स्वदेश फर्केका विदेशमा रोजगारीको अनुभव भएका कामदारका लागि उद्यमशीलता प्रोत्साहनको अपेक्षा लिएर दूतावासबाट प्रकाशित पुस्तक निःशुल्क रूपमा वितरण गर्दै आएका छौँ । हामी वैदेशिक रोजगारीको अनुभव लिएका र नेपाल फर्किएका धेरै व्यक्तिले नेपालमै व्यवसाय सञ्चालन गरेर धेरैभन्दा धेरै रोजगारी सिर्जना होस् भन्ने लक्ष लिएर सहकार्य गर्दै आएका छौँ र भविष्यमा पनि निरन्तरता दिने छौँ । हामी निकट भविष्यमा नै नेपाल समृद्ध राष्ट्र भएको हेर्न चाहना लिएर विभिन्न क्षेत्रमा विकास साझेदारी कार्यव्रmममा हातेमालो गर्दै आएका छौँ ।  

अन्त्यमा  

अन्तर्राष्ट्रिय मान्यता अनुसार युवा भनेको सामान्यतया १५ देखि २९ वर्ष उमेर समूहका मानिसको समूहलाई भनिन्छ । नेपालको परिवेशमा राष्ट्रिय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका छन् । त्यसै गरी करिब ५६ लाख युवा वैदेशिक श्रम बजारमा रहेको देखिन्छ । नेपाल युवा राष्ट्र हो । सम्पूर्ण जनसङ्ख्याको औसत उमेर २० को हाराहारी छ । नेपालमा स्टार्टअप इकोसिस्टमलाई विस्तार गर्न उत्प्रेरणा गर्ने लक्ष्यका साथ नेपालका युवालाई उद्यमशीलताका लागि आवश्यक समन्वय गर्न प्रयत्नरत छौँ । 

हामी नेपालमा स–साना स्टार्टअपको माध्यमबाट रोजगारी सिर्जना होस् भन्ने चाहन्छौँ । सुरुवात सानो भए तापनि हरेक व्यवसायको वृद्धि क्षमता असीमित छ । कोरियाको बहुराष्ट्रिय कम्पनी साम्सुङ एउटा सानो चामल पसलका रूपमा भएको थियो । त्यसै गरी हुन्डाई मोटर्सले अटोमोबाइल मर्मत गर्ने सानो व्यवसाय सुरु गरेर आज विश्वव्यापी कम्पनीको रूपमा स्थान लिन सफल भएका छन् । उदाहरणीय रूपमा लिन सकिने यी र यस्तै ठुला कम्पनी कोरियाको उद्यमशीलता आर्थिक गतिशीलताको महìवपूर्ण स्रोत बनेका छन् । नेपालमा पनि सुरुवाती चरणमा स–साना व्यवसायबाट सुरुवात भएका धेरै स्टार्टअपले भविष्यमा नेपालको प्रतिनिधित्व गर्दै विश्वमा परिचय दिने छन् भन्ने विश्वास छ । 

मेरो विगत एक वर्षको अनुभवले वैदेशिक रोजगारीको अनुभव भएका व्यक्तिले नेपालमा कृषि, उत्पादनमूलक र सेवा क्षेत्र आदिमा व्यवसाय सञ्चालन गरेर धेरै व्यक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गरेको र भविष्यमा पनि यो सङ्ख्या बढ्ने अपेक्षा छ । अनि समृद्ध नेपालको चाहना पनि पूरा हुने छ । 

– लेखक नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत हुनुहुन्छ । 

Author

पार्क थेयङ