• ११ साउन २०८१, शुक्रबार

अस्ट्रेलियामा सडकमा मृत्यु हुनेको सङ्ख्या एक दशक यताकै उच्च

blog

क्यानबेरा, साउन १० गते । अस्ट्रेलियाको सडकमा मृत्यु हुनेको सङ्ख्या एक दशक यताकै उच्च स्तरमा पुगेको छ । 

अस्ट्रेलियन अटोमोबाइल एशोसिएशन (एएए) द्वारा मङ्गलवार प्रकाशित तथ्याङ्कले जुलाई २०२३ को शुरुदेखि २०२४ जुनको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियाको सडकमा एक हजार ३१० जनाको मृत्यु भएको देखाएको छ । 

यसले सन् २०२२–२३ को सोही अवधिको तुलनामा ११.७ प्रतिशतले वृद्धि भएको छ । सङ्घीय सरकारले राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत सन् २०२१ मा राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत राष्ट्रिय सडक मृत्युमा ५० प्रतिशत र गम्भीर घाइतेलाई ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ । सिह्न्वा/नान