• ११ साउन २०८१, शुक्रबार

फ्रान्सद्वारा साइबर जासुसीविरुद्ध कारबाहीको घोषणा

blog

पेरिस,  साउन १० गते । फ्रान्सले साइबर आक्रमणबाट समस्याग्रस्त कम्प्युटरहरू सफा गर्ने अभियान सुरु गरेको वरिष्ठ फ्रान्सेली अधिकारी लोरा बेक्आउले बताउनुभएको छ । 

ओलम्पिकको पूर्वसन्ध्यामा सुरु गरेको अपरेसनले सबै खाले साइबर अपराधविरुद्ध लड्न मद्दत पुग्ने उहाँले बताउनुभयो । 

अभियानले जासुसी वा आक्रमणको उद्देश्यले कम्प्युटरहरू ह्याक गर्ने, तथ्याङ्क चोरी गर्ने नेटवर्कलाई लक्षित गरेको छ । 

जुलाई १८ बाट सुरु भएको अभियानले सर्भर नियन्त्रणमा लिई समस्या समाधान गर्न सफल भएको बताउनुभयो । उहाँले यस अघिनै  अभियानमार्फत समस्याग्रस्त  युरोपेली देशलाई सहयोग गरेको र अभियान लामो समयसम्म चल्ने विश्वास दिलाउनुभयो ।   

उहाँले पेरिस ओलम्पिकका लागि खतराको उल्लेख नगरे तापनि गत हप्ता फ्रान्सेली सरकारको साइबर सुरक्षा निकायले शुक्रबारको  खेलमा  आक्रमण  हुनसक्ने चेतावनी भने दिएको छ । रासस/एएफपी