• ८ साउन २०८१, मङ्गलबार

मगर भाषा सिकाउँदै क्याम्पस

blog

अमरराज नहर्की 

तनहुँ, साउन ८ गते । तनहुँको एक क्याम्पसले मगर भाषा सिकाउन थालेको छ । तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले भाषा सिकाउन थालेको हो । 

भाषा सिकाउन क्याम्पस पूरक पाठ्यक्रममा मगर भाषा समावेश गरी आइतबारबाट प्रशिक्षण सुरु गरेको छ । तनहुँमा सबैभन्दा धेरै मगर जाति रहेकाले उनीहरूको भाषालाई संरक्षण र संवर्धन गर्न विद्यालय तथा क्याम्पसमा अध्ययन गराउन विज्ञ बोलाएर प्रशिक्षण सञ्चालन गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनुभयो । मगर भाषाको प्रशिक्षण कक्षा आइतबार बिहान ६ बजेदेखि बेलुकी ४ बजेसम्म एक सातामा ४८ घण्टा सञ्चालन हुने क्याम्पसले जनाएको छ  । 

क्याम्पसका अनुसार छ जना मगर भाषाका विज्ञले प्रशिक्षण दिइरहनुभएको छ  । क्याम्पस प्रमुख महाप्रसाद हड्खले महेशले मगर जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवा पु-याउन पूरक पाठ्यक्रम निर्माण गरी प्रशिक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार प्रशिक्षणको सम्पूर्ण खर्च क्याम्पसले व्यवस्थापन गरेको छ । क्याम्पसले यस वर्ष चार छुट्टाछुट्टै विषयमा पूरक पाठ्यव्रmम सञ्चालन गरेको छ । कक्षा १२ उत्तीर्ण ३० जना प्रशिक्षार्थी प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षणमा ७० प्रतिशत क्याम्पसका विद्यार्थी र ३० प्रतिशत मगर समुदायका छन् । भाषाको महìव नबुझ्दा लोप हुन लागेका भाषा संरक्षण गर्ने उद्देश्यले क्याम्पसले मगर विद्यार्थी र समुदायका मगर भाषी युवालाई प्रशिक्षक बनाउन पूरक पाठ्यव्रmम तयार गरी प्रशिक्षण दिन थालिएको हो । 

क्याम्पसको आदिवासी जनजाति भाषा तथा संस्कृति संवर्धन एवं विकास समितिले प्रशिक्षणको व्यवस्थापन गरेको छ । समितिका संयोजक एवं क्याम्पस सञ्चालक समिति सदस्य क्या. सोमबहादुर थापाले भाषा प्रशिक्षणले पाठ्यक्रमलाई सहज बनाउने र मगर भाषा संरक्षणमा टेवा पुग्ने बताउनुभयोे । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवं तालिमका मुख्य प्रशिक्षक तथा मगर भाषाविज्ञ प्राडा विष्णु सिञ्जालीले आदिवासी जनजातिका भाषा एवं संस्कृति राज्यको ठुलो पहिचान र सम्पत्ति भएकाले यस्ता प्रशिक्षण कार्यव्रmम सञ्चालन गर्ने तथा भाषाको महìवको बारेमा प्रचारप्रसार गरी संरक्षणमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।