• ६ साउन २०८१, आइतबार

कांग्रेस संसदीय दलको बैठक हुँदै

blog

काठमाडौँ, साउन ६ गते ।  नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा हुने भएको छ ।

 बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं समसामयिक विषयमा निर्णय हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राससलाई जानकारी दिनुभयोे । रासस