• १३ साउन २०८१, आइतबार

गल्ती गर्ने कोही बच्नु हुँदैन : गृहमन्त्री लामिछाने

blog

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३० गते । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका विषयको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गर्नुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले आफ्नो बारेमा धेरै प्रश्नहरू उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभावमा परेको भए अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताउनुभयो । उहाँले आफूले सरुवा र बढुवा कुनै व्यक्तिविशेषलाई हेरेर नगरेको बताउनुभयो । उहाँले आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको जिकिर गर्नुभयो । उहाँले आफू गृहमन्त्री भए पनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताउनुभयो । 

गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने उहाँले बताउनुभयो । सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भए पनि राज्यका सुरक्षा निकायको गोपनीयतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताउनुभयो । उहाँले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताउनुभयो । सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी गर्नुभयो ।

उहाँले कैयौँ विषयहरू भगबण्डामा टुङ्गिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताउनुभयो । दुई ठुला राजनीतिक दलहरू एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतीपूर्ण कुरा भएको बताउनुभयो ।