गोरखापत्र अनलाइन
काठमाडौँ, असार ३० गते । काठमाडौँको टोखा नगरपालिका –३ भूतखेल चौरनजिक वर्षाका कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
सशस्त्र प्रहरीले सुरक्षित स्थानमा उहाँहरूलाई स्थानान्तरण गरेको जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामङ्गलबाट विपद् उद्धारसहितको सुरक्षा फौज र स्थानीय बासिन्दाले घर परिवारका लत्ता कपडा, भाँडा वर्तन लगायतका सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको सशस्त्र प्रहरीका नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो ।