• १२ साउन २०८१, शनिबार

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

blog

अविनाश चौधरी
धनगढी, असार ३० गते ।
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । कैलालीको अत्तरियाबाट कञ्चनपुरको शान्तिपुरतर्फ जाँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले ठक्कर दिँदा शान्तिपुर बस्ने पैदलयात्री ५२ वर्षीय मोहन खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

बसले कृष्णपुर नगरपालिका–७ कार्की कटानस्थित वडा कार्यालय अगाडि ठक्कर दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बससहित चालक कार्की कटानका २८ वर्षीय सुरेन्द्र बोहरालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।