• २० असोज २०८१, आइतबार

वर्षाका कारण भत्किएको विद्यालय

blog

वर्षाका कारण भत्केकको जाल्पादेवी आधारभूत विद्यालय । तस्बिर : शिवराज ढुंगाना

शिवराज ढुंगाना
अछाम, असार २३ गते ।
 लगातारको वर्षाका कारण पञ्चदेवल विनायक नगरपालिकामा एक विद्यालय भत्किएको छ । पञ्चदेवल विनायक नगरपालिका–६ तोलीको श्री जाल्पादेवी आधारभूत विद्यालय वर्षाका कारण आइतबार बिहान भत्केको विद्यालय व्यवस्थापन समिति सदस्य गोरख रावलले जानकारी दिनुभयो ।

ढुङ्गाको छाना भएको विद्यालय भवन भत्केका कारण विद्यालयका कागजात र फर्निचर लगायतमा क्षति पुगेको समिति सदस्य रावलको भनाइ छ भने पठनपाठन प्रभावित बनेको छ ।

पाँच कक्षासम्म अध्यापन हुने उक्त विद्यालयमा हाल ९० जनाभन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।

विद्यालयमा कोही नभएको अवस्थामा भवन भत्केका कारण मानवीय क्षति नभएको बताइएको छ । “दिउँसो विद्यालय सञ्चालन भएको बेलामा भत्केको भए ठुलो घटना हुन्थ्यो, बचियो ।” समिति सदस्य रावलको भनाइ छ ।