• २० असार २०८१, बिहिबार

जमिनमा धारा, आकाशमा पानीका पाइप

blog

खम्बाको सहाराले आकाशमा खानेपानीको पाइप तान्दै स्थानीय । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार १८ गते । पुस्तौंदेखि खोलाको धमिलो पानी पीउँदै आएका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ रुडिका स्थानीयले बल्ल धाराको सफा पानी खान पाएका छन् । गाउँपालिकाको अथक प्रयासपछि तुसारे मुहानको पानी रुडिको गाउँमा पुगेपछि यहाँका स्थानीयले बल्ल धाराको सफा पानी खान पाएका हुन् ।

पुस्तौंदेखि खोलाको धमिलो पानी खान बाध्य थियौं । अहिले गाउँमै निर्माण भएका धाराबाट सफा पानी खान पाएको स्वामिकार्तिक खापर गाउँपालिका-१ रुडिका लालपुरा दमाईले बताउनुभयो । उहाँले भन्नुभयो, “खोलाको पानी खाँदा वर्खाको समय रुघाखोकी ज्वरो र झाडा पखाला लाग्ने गरेको थियो । धाराको सफापानी खाने पाएपछि अहिले भने केही भएको छैन ।”

पहिला यहाँका महिलालाई एक घण्टा हिँडेर खोलाको पानी ल्याउनुपर्ने समस्या पनि हटेको छ । साथै गाउँमा सधैं फोहर हुने गरेको शौचालय पनि सफा हुने गरेको दमाईले बताउनुभयो । स्वामिकार्तिक खापर गाउँपालिकाको सबैभन्दा विकट गाउँको रुपमा रहेको रुडिमा खानेपानी नहुँदा यहाँका स्थानीयले पुस्तौंदेखि खोलाको धमिलो पानी खानुपर्ने समस्या भोग्दै आउनुपरेको रुडिका स्थानीय देवसुरु कार्कीले बताउनुभयो ।

२०७७-७८ सालमा गाउँमा ल्याएको खानेपानी पहिरोको कारण बन्द भएपछि गाउँमा खानेपानीको समस्या हुँदै गएको तुसारे रुडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अङ्गलााल धामीले बताउनुभयो। उहाँले भन्नभुयो, “पहिरोका कारण खानेपानीका पाइप नष्ट भएपछि दुई वर्षदेखि गाउँमा खानेपानीको अभाव भएको हो ।” 

अहिले फेरि लामो समयको मिहिनेतपछि गाउँपालिकाको आर्थिक सहगोगमा ती पाईपलाई खम्बाको आडमा आकाशमा राखेर गाउँमा ल्याएपछि यहाँका स्थानीयलाई खानेपानीको सहज भएको अध्यक्ष धामीले बताउनुभयो ।

दुई वर्षदेखि खानेपानी नहुँदा यहाँका स्थानीयले खोलाको धमिलो पानी खाने गरेका थिए । गाईभैँसी र मानिसको एकै ठाउँको खानेपानी भएकोले यहाँका अधिकांशलाई वर्खाको समय रुघाकोखी ज्वरो तथा पखालालगायतका रोग लाग्ने गथ्र्यो ।

दुई वर्षको अथक प्रयासपछि बल्ल रुडिका स्थानीयलाई खानेपानी खुवाउन सफल भएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “तुसारेदेखि रुडिको गाउँको बिचमा झण्डै पाँच किलोटिर लम्बाइ पहिरो लागेकोले त्यो ठाउँमा यतिबेला फलामको खम्बाको सहारा लिएर आकाशमा खानेपानीका पाइप राखेर बल्ल गाउँमा खानेपानी पुर्‍य ाएका छौं।”

तुसारेको पानी रुडिको गाउँमा पुगेपछि अहिले यहाँका १७३ घरपरिवारलाई खानेपानीको निकै सहज भएको छ । योभन्दा पहिला त्यहाँ खानेपानीको मर्मत गर्न जाँदा दुई वर्ष अगाडि यहाँका दुई जनाको पहिरोमा परी मृत्यु भएको थियो । गाउँमा खानेपानी नआएपछि उनीहरु पानीको मुहानमा जाने बेलामा माथीबाट पहिरो आएको ती दुइ जनाको मृत्यु भएको हो । त्यो डरले नै पहिरो भएको ठाउँमा खानेपानीको पाइप खम्बाको सहाराले आकाशमा ल्याएर गाउँमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीयलाई खानेपानी सहज भएको अध्यक्ष रोकायाले बताउनुभयो ।