• १८ असार २०८१, मङ्गलबार

महाकाली नदीमा बगेर एक मजदुर बेपत्ता

blog

महेन्द्रनगर (कञ्चनपुर), असार १६ गते । महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका-४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् । बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ । उहाँ कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएको प्रहरीले जनाएको छ । वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ । रासस