• १८ असार २०८१, मङ्गलबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार १६ गते । जिल्लाको धवलागिरि गाउँपालिका–४ नाउरादेखि दरवाङतर्फ जाँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर धवलागिरि गाउँपालिकाको खारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चालकसहित तीन जना सवार रहेको ट्याक्टर दुर्घटना हुँदा घाइते हुनुभएका रामेछापको खाँडदेवी गाउँपालिका –८ का ३२ वर्षीय रबी भण्डारीलाई उपचारका लागि दरवाङ आधारभूत अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन रायमाझीले जानकारी दिनुभयो । ट्याक्टरमा सवार अर्का एक जना सामान्य घाइते भएको उहाँको भनाइ छ ।

ट्याक्टर चालक हेटौडा उपमहानगरपालिका –१ का ३० वर्षीय भुवनकुमार पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको इन्सपेक्टर रायमाझीले बताउनुभयो ।