• १७ असार २०८१, सोमबार

पहिरोमा पुरिएर सत्तरी बाख्रा मरे

blog

पहिरोले पुरेर मरेका हिमााली गाउँपालिका गोरखराज जर्म र जीवन बोहराका बाख्रा ।

शेरबहादुर सार्की
बाजुरा, असार १५ गते ।
 बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर –२ कोटी चौकामा रहेको बाख्रीगोठमा पहिरो आउँदा सत्तरी बाख्रा पुरिएर मरेका छन् ।

गत शुक्रबार राति आएका अविरल वर्षातका कारण बाख्री गोठमाथिबाट एक्कासि आएको पहिरोले पुरेपछि गोठमा रहेका ७० बाख्रा मरेको हुन् ।

पहिरोले पुरेर यहाँका गोरखराज बोहराका ४० जर्म बोहराका १० र जीवन बोहराका २० गरी ७० वटा बाख्रा पहिरोले पुरेर मरेको हिमाली गाउँपालिका-२ का स्थानीय गोरखराज बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गोठमा रहेको ८० बाख्रामा १० वटा बाख्रा सकुशल रहेको छन् । अन्य ७० वटा बाख्रा पहिरोमा पुरेर मरेका हुन् ।”

गाउँमै केही व्यवसाय गरेर खानु पर्छ भने बाख्रा पालेर गाउँमा बसेको थिए । गएराति पानी परेको बेलामा एक्कासि पहिरो आएको सबै बाख्रालाई मरेपछि अब के व्यवसाय गरेर बस्ने स्थानीय बोहराले बताउनुभयो ।

हिमाली गाउँपालिका-२ को कोटीमा आएको पहिरोले ७० वटा भेडा मरेको भन्ने खबर आएपछि अहिले त्यो ठाउँमा प्रहरीका टोली पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।