• १७ असार २०८१, सोमबार

गुल्मीमा पहिरोले एकै परिवारका पाँच जना पुरिए

blog

तिलाचन पाण्डे

तम्घास,असार १५ गते । गुल्मीमा पहिरोले एकै घरका पाँच जना पुरिएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै ठाँटीमा दुई तले  घरमा पाँच जना पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

पाँच जना मध्ये एक जना वृद्धको शव निकालिएको र जिल्लाबाट प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको चौधरीले बताउनुभयो ।