• १३ मंसिर २०८१, बिहिबार

चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस् : सांसद झा

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा।

काठमाडौँ, असार १४ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो।

उहाँले नेपालमा २० वटा संरक्षित क्षेत्र रहेपनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नपर्ने बताउनुभयो। उहाँले नेपालमा पाइने एक हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गर्नुभयो। त्यस्तै नेपालमा पाइने सङ्कटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

सांसद झाले चुरे संरक्षणका लागि प्रभावकारी रुपमा बजेट विनियोजनको गर्न सरकारलाई आग्रह गर्नुभयो।