• १६ असार २०८१, आइतबार

पहिरोले मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

blog

सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधनहरू । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार १४ गते । मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । बिहीबार बेलुका रुकुमपश्चिमको मुसिकोट नगरपालिका ८ किटनीमा पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडौँ जाने यातायातका साधनहरू रोकिएको काठमाडौँ जाँदै गर्नुभएका त्रिभुवन जनता मावि मुसिकोटका शिक्षक डिल्ली डाँगीले जानकारी दिनुभयो ।

रुकुम पूर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरू रोकिएका छन् । उहाँका अनुसार किटनीको माथिल्लो भागबाट ठुलो पहिरो आएको छ । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बाटो खुलाउने कोसिस भइरहेको बताउनुभयो ।

बिहीबार राती भएकोले पहिरो पन्छाउन कठिनाइ देखिएको र आज बिहानै पहिरो हटाउनको लागी एक्स्काभेटर त्यसतर्फ गएको उहाँले जानकारी दिनुभयो ।