• १६ असार २०८१, आइतबार

पाकिस्तानद्वारा चिनियाँ उद्योगलाई स्थानान्तरणको स्वीकृति

blog

इस्लामाबाद (पाकिस्तान), असार १३ गते । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चिनियाँ उद्योगलाई पाकिस्तानमा हस्तान्तरण गर्ने सम्बन्धमा चिनियाँ र पाकिस्तानी कम्पनीबिचको संयुक्त उद्यम परियोजनालाई स्वीकृति प्रदान गर्नुभएको छ । 

लगानी मामिला बोर्डको महत्त्वपूर्ण बैठकको अध्यक्षता गर्दै सरिफले आन्तरिक तथा विदेशी लगानी प्रवर्द्धन सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो ।

सरकारले व्यापारी तथा लगानीकर्तालाई व्यापार अनुकूल वातावरण प्रदान गर्न सबै सम्भव उपायहरू गरिरहेको उहाँको भनाइ छ ।

सरिफले विशेष आर्थिक क्षेत्र (सेज) मा संयुक्त उद्यम परियोजना स्थापना गर्न इच्छुक चिनियाँ र अन्य लगानीकर्तालाई सुविधा प्रदान गर्न विशेष आर्थिक क्षेत्रमा एक–स्टप–सपका लागि मस्यौदा कानुनको समीक्षा गर्न पनि निर्देशन दिनुभएको छ । 

चिनियाँ उद्योगहरू जस्तै कपडा, छाला, जुत्ता र अन्यलाई पाकिस्तानमा स्थानान्तरण गर्ने महत्त्वपूर्ण सम्भावना रहेको, प्रधानमन्त्री सरिफले पहलको महत्त्वमाथि प्रकाश पार्नुभयो ।

बैठकमा लगानी बोर्डका सचिवले चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरण गर्ने सम्बन्धमा चालिएको कदमबारे विस्तृत जानकारी दिनुभएको थियो । रासस/सिन्ह्वा