• १६ असार २०८१, आइतबार

धनुषाको बटेश्वरमा आँप मेला हुने

blog

आँप मेलामा लैजान रुखबाट टिपिएको आँप । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार १३ गते । धनुषाको बटेश्वरमा आँप मेलाको आयोजना गरिने भएको छ । स्थानीय आँपको प्रवर्द्धन गर्न बटेश्वर गाउँपालिका–१, चित्रपुरस्थित स्वास्थ्य चौकी नजिक आँप मेलाको आयोजना गरिने भएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लक्ष्मीनिवासले जेठ १४ गते शुक्रबार आँप मेलाको आयोजना गर्न लागेको महँगी भाषाका अभियन्ता फूलगेन मगहीले बताउनुभयो । स्थानीय आँपको प्रवर्द्धन तथा नयाँ पुस्तालाई आँपका प्रजाति चिनाउन मेलाको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । 

मेलामा आँपका परिकार प्रदर्शनीमा राखिने, बाहिरबाट आउने विद्यार्थीलाई आँप रुखका प्रजाति चिनाउने, र मेलामा आउने अतिथिलाई निःशुल्क आँप खुवाउने कार्यक्रम राखिएको उहाँको भनाइ छ । 

उहाँका अनुसार सो आँप मेलाको उद्घाटन मधेश प्रदेश सकारका अर्थमन्त्री भरतप्रसाद साहले गर्नुहुनेछ । बटेश्वर गाउँपालिकाको चित्रपुर गाउँमा मात्रै तीन सय बिघाभन्दा बढी जग्गामा आँपका रुख रहेको अनुमान गरिएको छ ।