• १४ असार २०८१, शुक्रबार

सामुदायिक वनबाट भरुवा बन्दुक बरामद

blog

बरामद भएको बन्दुक र गोलीगट्ठा । तस्बिर : प्रहरी कार्यालय ।

अविनाश चौधरी

धनगढी, असार ११ गते । कैलालीको एक सामुदायिक वनबाट भरुवा बन्दुक र त्यसको गोलीगट्ठा बरामद भएको छ । गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वनबाट सो बन्दुक र गोलीगट्ठा बरामद गरिएको हो । 

अस्थायी प्रहरी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर पार्कीको कमाण्डमा खटेको प्रहरीको गस्ती टोलीले बन्दुक बरामद गरेको जनाइएको छ । 

सालको रुखको प्वालमा लुकाइएको अवस्थामा बन्दुक भेटिएको हो । त्यसको साथमा सिसाको गोली १८ वटा, छर्रा १५ वटा र एउटा सानो डब्बामा बारुद फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । बन्दुक फेला परेपछि प्रहरीले थप अनुसन्धानको काम अगाडि बढाएको छ । चुरे क्षेत्रमा बँदेल लगायतका वन्यजन्तुको चोरी सिकार हुने गरेको बताइन्छ ।