काठमाडौँ, जेठ ३१ गते। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो।बिहीबार अपराह्न संसद् भवन परिसरमा सञ्चारकर्मीले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रश्न गरेका थिए।त्यसको जवाफमा अध्यक्ष नेपालले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालसँग भेटेर सोध्ने बताउनुभएको हो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘मलाई थाहा छैन।आज भेट हुँदाखेरी सोधौला ।’’
प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आउनुभएको छ।