• १३ असोज २०८१, आइतबार

अज्ञात रोगले २३ भेडा मरे

blog

फाइल तस्बिर ।

नेत्र शाही 

जुम्ला, जेठ २७ गते । जिल्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले भेडा मरेका छन् । हिमा गाउँपालिकाका किसान वीरबहादुर शाही १० वटा, कर्णबहादुर शाही ६ वटा, अकल शाही शाही ४ वटा, जिर शाहीका ३ वटा भेडा मरेका हुन् । 

किसान वीरबहादुर शाहीका अनुसार हिमा गाउँपालिका नदैपाटन र ठाकुरपानीमा भेडा मरेका छन् । भेडामा पातलो दिशा, हुने ज्वरो आउने, काप्ने र मर्ने समस्या भएको छ । यो एक महिनाको अवधिमा २३ वटा भेडा मरिसकेका किसान शाहीले जनाएका छन् । उहाँका अनुसार आजको ३ दिनभित्र करिब १० भेडा मरेका छन् । 

यता रोगको बारेमा के हो भन्ने विषयमा जानकारी भएको छैन । हिमा गाउँपालिका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भएको बताउनुभयो । उहाँका अनुसार औषधी सकिएको र स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ । औषधी अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढिरहेको छ ।  उहाँले औषधी पशु अस्पताल तथा पशुसेवा कार्यालयमा माग गरिएको छ । 

भेडा मर्न थालेपछि अहिले भेडा कालाकाटियतिर सारिएको किसानले जनाएका छन् । यता पशु अस्पताल तथा पशुसेवा कार्यालयले भेडाको रोग पत्ता लगाउन गाउँपालिकाले गर्यो भने आवश्यक औषधी पठाइदिने बताएको छ । कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा शाखाको समन्वयमा रोगको पहिचान गरी उपचार गरिने औषधी पठाइने बताउनुभयो ।