काठमाडौँ, जेठ २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि तथा पर्यवेक्षकहरूको रजिस्ट्रेसन कार्य सुरु भएको छ ।
जसपा केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २६ र २७ गते बेलुकी ५ बजेसम्म दर्ता गरिसक्नु पर्ने जानकारी दिनुभयो । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २८ गते बेलुकी ५ बजेसम्म दर्ता गर्न सक्ने छन् ।
जसपा नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क १५ सय तोकेको छ । त्यस्तै दुई प्रति पासपोर्ट साइजको फोटो समेत माग गरिएको छ ।