• १४ मंसिर २०८१, शुक्रबार

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

blog

तस्बिर:रासस

काठमाडौँ, जेठ १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैरआवासीय राजदूत डा.विनफ्रेड नी ओकाइ हामोण्ड, गणतन्त्र बुल्गेरियाका गैरआवासीय राजदूत निकोलेइ यानकोभ, इरिट्रियाका गैरआवासीय राजदूत अलेम वल्डेमारियम र गणतन्त्र फिलिपिन्सका गैरआवासीय राजदूत जोसेल फ्रान्सिसीले ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो ।

समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिनुभयो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित दूषित पिन्सेस होटलदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । रासस