• ४ जेठ २०८१, शुक्रबार

काठमाडौं महानगरपालिका

काठमाडौं महानगर प्रमुखमा काँग्रेसका सिंहको उम्मेदवारी

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, वैशाख १२ गते । नेपाली काँग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । साथै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का नेता रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सिंह काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुनुहुन्छ । सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंह लामो समयदेखि काठमाडौं काँग्रेसमा क्रियाशील हुनुहुन्छ ।

काठमाडौं महानगरमा सत्तारुढ दल काँग्रेस र समाजवादीबीच प्रमुख र उपप्रमुख पदमा तालमेल गर्ने सहमति भएअनुसार सिंह र श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको हो । नेत्री सिंह पार्टीका नेता तथा कार्यकर्तासहित जुलुस लिएर राष्ट्रिय सभा आइपुग्नुभएको छ ।





Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।