• १५ असार २०८१, शनिबार

सुर्खेत जिप दुर्घटना : मृतक चारमध्ये तीन जना कालीकोटका

blog

सुर्खेतमा दुर्घटना भएको बोलेरो जिप

प्रेमराज सिम्खडा
कालीकोट जेठ १७ गते ।
सुर्खेतबाट कालीकोट आउँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी पोषणा थापाका अनुसार बिहीबार बिहान दुई बजे ६ जना यात्रु लिएर कालीकोट आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा कालीकोटको शुभकालिका गाउँपालिका–३ का ३७ वर्षीय वीरेन्द्र बिक, ३१ वर्षीय नवराज बिक र २१ वर्षीया पुष्पा बिकको मृत्यु भएको खुलको हो । दुर्घटनामा परी ज्यान गुमाएका अर्का एक जनाको भने सनाखत हुन बाँकी छ ।

सुर्खेतबाट ६ जना यात्रु लिएर आउँदै गरेको डबलक्याप बोलेरो जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको प्रहीले जनाएको छ ।

घाइते हुनेमा कालीकोटको खाँडाचक्र नगरपालिका ७ का २५ वर्षीय नरेन्द्र बिष्ट र शुभकालिका गाउँपालिका ३ का २८ वर्षीय नरि बिक छन् । बिष्ट बोलेरो चालक हुन् । घाइते दुई जनाको प्रादेशीक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको छ । घटना केही ढिलो गरी थाहा भएकाले प्रहरी घटनास्थलमा पुगेकाले पनि मृतकको सङ्ख्या वढेको अनुमान छ ।