• १० मंसिर २०८१, सोमबार

झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले  सङ्घ, प्रदेश र स्थानीय तहका लागि लागत साझोदारीमा आधा घण्टा हिँडाइको दुरीमा तरितलाउको सुविधा पुर्‍याउन झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड विनियोजन गरिएको जानकारी दिनुभयो। 

पक्की सडक सञ्जालबाट नजोडिएका स्थानीय तहको सडकलाई प्रदेश, केन्द्र वा राष्ट्रिय राजमार्गसँग जोड्ने गरी प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि सात अर्ब आठ करोड विनियोजन गरिएको छ ।

स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार कार्यक्रमका लागि एक अर्ब १७ करोड विनियोजन गरिएको छ  । 

मधेश र कर्णाली प्रदेशको पूर्वाधार निर्माण विकासका लागि एक अर्ब ५० करोड छुटाइएको छ । यस्तै, ग्रामीण स्तरमा वैकल्पिक सहायक राजमार्गका लागि आठ अर्ब आठ करोड विनियोजन गरिएको छ ।