• १० मंसिर २०८१, सोमबार

पशुपन्क्षीको खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड बजेट विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले पशुपन्क्षीको महामारी रोग नियन्त्रण गर्न खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । साथै, पशुपन्क्षीको महामारी नियन्त्रण गर्न आगामी आर्थिक वर्षका लागि पाँच करोड डोज उत्पादन गर्ने जानकारी दिनुभयो । आगामी तीन वर्षभित्र पिपिआर र क्लासिकल स्वाइन फिवर रोग उन्मूलन गर्ने गरी निःशुल्क खोप अभियान सञ्चालन गर्ने उहाँले बताउनुभएको छ । 

यस्तै, खोरेत रोग नियन्त्रण गर्न खोप कार्यक्रम सञ्चालन गर्ने समेत उहाँले जानकारी दिनुभयो । औषधी प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।