• ३ असार २०८१, सोमबार

भक्तपुर साङ्गीतिक समाजको अध्यक्षमा अल्बर्ट

blog

गोरखापत्र समाचारदाता

भक्तपुर, जेठ १३ गते । भक्तपुर साङ्गीतिक समाजको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अल्बर्ट बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । साङ्गीतिक समाजको अध्यक्ष पदमा अल्वर्ट सर्वसम्मत निर्वाचित हुनुभयो । 

यसैगरी उपाध्यक्षमा इन्दिरा लाछिमस्यु र शशि कायष्ठ कसपाल, सचिवमा मानस राज बोहरा, कोषाध्यक्षमा श्रीहरि दाहाल तथा सदस्यमा रोशन धौभडेल, श्रीजल मधिकर्मी, अनिता आचार्य, रशिल शाक्य, हरि सुन्दर लाखे श्रेष्ठ, रामहरि ताम्राकार, किरण सुवाल र रविन थापा निर्वाचित हुनुभयो ।

यसअघि, साधारण सभाको उद्घाटन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले भक्तपुरमा पनि सङ्गीतकर्मीहरूको समूह रहेको र सो समाजले राष्ट्रिय स्तरको साङ्गीतिक कार्यक्रम पनि गर्दै आएको सुन्न पाउँदा खुसी लागेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा समाजले चर्चित गायक कुम्ह सागर न्हुछें लक्ष्मी मुनंकर्मीलाईइ युवा पुरस्कार–२०८० र बाँसुरीवादक यजु आचार्यलाई न्हुछें लक्ष्मी मुनंकर्मी युवा पुरस्कार–२०७९ बाट सम्मान गरिएको थियो ।