• ३ असार २०८१, सोमबार

एमाले फिदिम नगर कमिटीमा तुम्बापो

blog

अध्यक्षमा निर्वाचित दिपेन्द्र तुम्बापो ।

राधा लुइँटेल

फिदिम, जेठ १३ गते । नेकपा (एमाले) फिदिम नगर कमिटीको अध्यक्षमा दीपेन्द्र तुम्बापो चयन हुनुभएको छ । फिदिममा सम्पन्न दोस्रो नगर अधिवेशनले तुम्बापो अध्यक्ष रहेको नयाँ कमिटी निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा दीपेन्द्र मगर, सचिव सुमन चापागाई, उपसचिव कोपिला लिम्बू र सूर्यकुमार मगर निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कमिटीमा पदाधिकारीसहित ५५ जना सदस्य रहेको एमालेले जनाएको छ ।