• ३ असार २०८१, सोमबार

संसदको गरिमा र ओज खस्कँदै गएको छ : पूर्वसभामुख सापकोटा

blog

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा । फाइल तस्बिर

काठमाडौँ, जेठ १२ गते। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओ खस्कँदै गएको बताउनुभएको छ। 

शनिबार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौँको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले संसदमा हुने बहस, छलफल, शब्द चयन स्तरहीन, मर्यादाहीन भएको बताउनुभयो। संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भए पनि  संसदमा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुननसकेको बताउनुभयो। 

उहाँले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताउनुभयो। उहाँले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताउनुभयो।

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको बताउनुभयो। उहाँले देशमा विचारहीनको स्थिति सिर्जना भएको उल्लेख गर्नुभएको छ।